FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको जिकिर गरे ।

साथै, उनले प्रतिपक्षको भुमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने पनि बताए । आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारुढ दलकै कार्यकर्ता लागेको आरोप पनि उनले लगाए ।

‘अहिले प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै दुईवटा जवाफ आउँछन्, एउटा-केपी ओलीको कार्यकर्ता, अर्को–सरकारलाई काम गर्न दिएन । म अपिल गर्न चाहन्छु पहिलो कुरा हामी केपी ओलीका कार्यकर्ता होइनौँ । अहिले सरकार सम्हालिरहेका भन्दा उमेरले सानो भएपनि म राजनीतिमा तपाईंहरूभन्दा पुरानो हो,’ उनले भने, ‘हिजो झण्डै दुई तिहाई बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा यही संसदको रोष्टमा उभिएर सबैभन्दा धेरै प्रतिप्रश्न गर्ने सांसदहरुमध्ये एक हुँ ।’

उक्त अभिव्यक्ति संवैधानकि आयोग तथा मानव अधिकार आयोगको प्रतिवेदनको आधारमा व्यक्त गरेकोले त्यस्तो कुनैपनि अप्रमाणित कुरा नरहेको उनले बताए ।

‘हिजो सडकमा हुँदा पनि कमरेड प्रचण्ड र केपी ओलीको नेकपा सरकारको आलोचना गरेकै कारण पटक पटक आक्रमणमा परेर मृत्युको मुखबाट फर्केर आएको व्यक्ति हुँ । हामी प्रश्न गर्नेबित्तिकै अरु पार्टीका हुँदैनौँ । प्रश्न गर्छौँ । जनताचले हामीले प्रश्न गर भनेर पठाएका हुन् त्यसकारण हामीले प्रश्न गर्न पाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय