FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे सहमतिअनुसार काङ्ग्रेस सरकारबाट बाहिरिने भएपछि मन्त्रीले राजीनामा दिन लागेका हुन्।

नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिनुभएको छ। सोही निर्देशनबमोजिम मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्।

यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्ने उद्देश्यले आज अपराह्न ३:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले काङ्ग्रेसका मन्त्रीहरूले आज वा भोलि बिहानसम्म राजीनामा बुझाउने जानकारी प्राप्त भएको बताउनुभयो।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार; पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली; उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी; स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हुनुहुन्छ।

एमाले र काङ्ग्रेसबिचको सत्ता सहमतिपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दा उहाँहरू मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। काङ्ग्रेस सरकारबाट बाहिरिएपछि अब एमाले र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नयाँ मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ।

कोशी प्रदेशमा २०७९ पुस २४ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएयता सत्ता समीकरणमा निरन्तर फेरबदल हुँदै आएको छ। त्यस क्रममा उद्धव थापा र केदार कार्कीको नेतृत्वमा समेत सरकार गठन भएका थिए। सर्वोच्च अदालतका आदेश, विश्वासको मत र केन्द्रीय सत्ता समीकरणका कारण प्रदेशमा पटक-पटक सरकार परिवर्तन तथा मन्त्रिपरिषद् पुनर्गठन हुँदै आएको छ।

पछिल्लो पटक २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएपछि एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र काङ्ग्रेसलगायत दल सरकारमा सहभागी भएका थिए। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा परेको हो। काङ्ग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कोशी प्रदेश सरकारको स्वरूप पुनः परिवर्तन हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय