२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबार (आज) बाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ ।
साढे पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४औँ महाधिवेशन पक्षधर कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
इतरपक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने भएका छन् । भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाशशरण महतले जानकारी दिए । भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।
सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ ।






