प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक शुक्रबार प्रेस ब्रिफिङ गर्ने भएको छ । हरेक हप्ताको शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिइएको छ ।
सरकार बनेपछि पहिलोपटक प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका प्रवक्तासहितको कर्मचारी टिमले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको हो ।
प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई गेटबाट प्रवेशमै रोक लगाइएको थियो । यही कारण प्रधानमन्त्रीको शासकीय शैली र प्रेसप्रतिको दृष्टिकोणलाई लिएर आलोचना समेत हुँदै आएको थियो । परराष्ट्र मन्त्रालयले यसअघिदेखि नै नियमित प्रेस ब्रिफिङ सुरु गरिसकेको छ ।






