FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दाबी गरेका छन्।

झापामा आयोजित पार्टीको जिल्ला भेला तथा जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको आरोप लगाए।

प्रतिनिधि सभा पुनः स्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको चर्चा गर्दै अध्यक्ष ओलीले चुनावलाई एमालेका लागि खनिएको खाल्डो मानेर बसेका दलहरू आफैँ फसेको दाबी गरे।

निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसम्म नरहेको उल्लेख गर्दै चुनावमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको स्पष्ट पारे। एउटा मोर्चामा हार्दैमा समग्र युद्ध नहारिने बताउँदै उनले एक गोल खाएपछि अब १० गोल फर्काउन कसैले रोक्न नसक्ने भएकाले उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए।

ओलीले देशमा प्रतिगमन भएको बताएका छन्। देशमा भइरहेको प्रतिगमनलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आन्दोलन तथा जागरण अभियानको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले प्रतिमन सच्याउन एमालेले आन्दोलनको मोर्चा समेत छेड्नु पर्ने बताए।

आगामी प्रदेश निर्वाचनलाई लक्षित गरी हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी टोल, बस्ती र घरघरमा पुग्न आग्रह गरे। यस पटक नागरिक तथा विशेष गरी महिला मतदाताले गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै उनले जनता र पार्टी दुवैबाट भएका कमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।

यसैगरी, देशमा मधेसी, पहाडी, दलित, गैर दलित तथा नयाँ र पुरानो तथा यो धर्म र त्यो धर्मको नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्त्वहरू सक्रिय रहेको भन्दै त्यस्ता गतिविधि रोक्नु पर्ने बताए। अहिलेसम्म विभिन्न नाममा भइरहेको साम्प्रदायिकताबाट जोगाउने काम नेकपा एमालेबाट नै भएको दाबी गरे।

राजतन्त्र कालदेखि नै अनेकौँ जेल–यातना र अप्ठेरा परिस्थितिको सामना गर्दै कहिल्यै नझुकी र नचुकी सिद्धान्तमा अडिइरहेको एमालेको इतिहास रहेकोले अब पनि एमाले देशको विकास र सार्वभौमसत्ताको रक्षाको लागि दृढ भएर लाग्ने प्रतिबद्धता जनाए।

आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामहरूको चर्चा गर्दै ओलीले हुलाकी, मदन भण्डारी र पुष्पलाल राजमार्ग निर्माणका साथै ताप्लेजुङ तथा हुम्लाजस्ता दुर्गम ठाउँमा सडक र कालोपत्रे पुर्‍याउने काम एमालेकै पालामा भएको स्मरण गराए।

महाभूकम्पका बेला २८ हजार अस्थायी घर बनाएर पीडितलाई हस्तान्तरण गरेको तथा १३ हजार विद्यालय पुनर्निर्माण एवं कोभिडको सङ्कट सामना गर्न एमालेका कार्यकर्ताहरूले स्वयम् सेवी रूपमा उदाहरणीय काम गरेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय