FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थित हुने तथा बैठकबाट बाहिरिनुपर्ने अवस्थाका सम्बन्धमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार कुनै कारणवश संसद् बैठकमा पूर्णरूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने वा बैठकको बिचमा बाहिर गएर पुन: फर्किनुपर्ने अवस्थामा ‘संसद् बैठक अनुपस्थित आवेदन’ फाराम अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

पार्टीले सांसदहरूको उपस्थितिलाई व्यवस्थित गर्न ४ वटा अवस्थालाई आवेदनको दायरामा राखेको छ । जसअनुसार (क) संसद् बैठकमा पूरै उपस्थित हुन नसक्ने, (ख) बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, (ग) उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने र (घ) बैठकको बिचमा बाहिर गएर पुन: फर्किनुपर्ने अवस्थाका लागि आवेदन दिनुपर्नेछ ।

रास्वपाले कारणवश संसद् बैठकमा उपस्थित हुन नसक्ने वा तोकिएको अवधिमा बैठकमा उपस्थित हुन तथा बस्न नसक्ने सांसदहरूले अनिवार्य रूपमा आवेदन पेश गर्नुपर्ने जनाएको छ ।

पार्टीले यस्तो व्यवस्था संसद्मा सांसदहरूको उपस्थितिलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय