FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिएको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। दुवै नेताको तर्फबाट कानून व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराउनु भएकाे हाे।

देउवा समूहले असोजमा महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरेको छ। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने उहाँहरूको तर्क छ।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

यसैबीच, पार्टीको इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार नगर्ने र शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको बताइएको छ। महाधिवेशनको नेतृत्व र प्रक्रियालाई लिएर कांग्रेसभित्र विवाद चर्किरहेका बेला देउवा समूह सर्वोच्च पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय