FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय सचिवालय विस्तार गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री एवं सांसद जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा ११ जनालाई सचिवालय सदस्यमा मनोनित गरेको केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादवलाई मनोनित गरिएको छ ।

यसैगरी, पार्टीको प्रवक्ताको जिम्मेवारी पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद जगदीश खरेललाई दिइएको झाले बताउनुभयो । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका झाले उक्त जिम्मेवारीबाट आफू अलग भएको जानकारी दिनुभयो ।

बैठकले पार्टीका विभिन्न विभाग प्रमुखको जिम्मेवारीसमेत टुंगो लगाएको छ । संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपाने र अर्थ विभाग प्रमुखमा पूर्वकोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

प्रशिक्षण विभाग प्रमुख हाल रिक्त रहेकाले कायममुकायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको छ भने उपप्रमुखमा सांसद कमल सुवेदीलाई मनोनित गरिएको छ ।

त्यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी तथा अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाललाई जिम्मेवारी दिइएको छ ।

बैठकले रिक्त पदाधिकारी पदसमेत पूर्ति गरेको छ । सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरिएको झाले जानकारी दिनुभयो ।

यस्तै, बैठकले थप नौ जना केन्द्रीय सदस्यसमेत मनोनित गरेको जनाएको छ ।

यद्यपि रास्वपाको केन्द्रीय समिति तथा पदाधिकारी संरचनाले अझै पूर्णता पाएको छैन । पार्टीमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पदमा मनोनयन हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय