काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार भदौ ७ गते बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम तय भएको हो।
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई गत बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।






