FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।

लामिछाने यही भदौको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा थिए । यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन जाने कार्यक्रम तय भएको बताइएको थियो ।

स्रोतका अनुसार चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने भएपछि भ्रमण स्थगित गरिएको हो । लामिछाने पत्नी निकिता पौड्यालसहित ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने तयारी थिए । रास्वपाका एक नेताका अनुसार भ्रमण तत्कालका लागि स्थगित भएको हो ।

संघीय संसदका ५ सांसद तथा कर्मचारीको टोली भने चीन भ्रमणमा जाने छ । बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय