FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको दाबी गरे ।

ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपश्चात प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरु, नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एसियामै तुलनात्मक रुपमा खुला रहेको नेपालको स्पेस, ती सबै कुराहरु संकटमा छन् ।’

उनले राष्ट्रपति संस्थाको महत्व नदिइएको, संसदलाई अर्थहीन बनाइएको, आफूलाई प्रधानमन्त्री बनाउने पार्टीप्रति समेत सरकारको सरोकार नरहेको आरोप लगाए ।

न्यायालय र अन्य राजनीतिक दलसँग संवाद गर्ने विषय टाढाको कुरा भएको तथा मिडियालगायतका संस्थालाई समेत किनारा लगाउँदै सरकार ‘बेलगाम घोडाजस्तो’ अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘ठूलो जनादेश प्राप्त गरेको रास्वपा सरकारमा आएको छ । तर, गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् । सरकार निर्वाचित अधिनायकवादतिर छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् पनि कुनै अर्थको छैन । जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरूसँग वा अन्य राजनीतिक दलहरूसँगको संवाद त धेरै टाढाको कुरा भयो । सबै कुरालाई किनारा लगाउँदै, बेलगाम घोडाजस्तो एउटा अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’

उनका अनुसार भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट सरकारको सम्भावित अधिनायकवादलाई रोक्ने बलियो विकल्पसमेत नरहेको उनले बताए ।

‘बिडम्बना, भर्खरै सम्पन्न निर्वाचनमा झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन,’ ज्ञवालीले भने ।

प्रतिनिधिसभाभित्र संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नरहेको उल्लेख गर्दै उनले अहिलेको शक्ति सन्तुलन आफूहरूका लागि निकै प्रतिकूल रहेको बताए ।

ज्ञवालीले रास्वपाले चितवन महाधिवेशनबाट ‘सामाजिक प्रजातन्त्र’ अर्थात् ‘सोसल डेमोक्रेसी’लाई आफ्नो राजनीतिक दर्शन बनाएको समेत उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय