FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए । उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवलाई जबर्जस्ती उठाएर लगेको बताए । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा मृतकका श्रीमान्को टाउकोमा चोट लागेको उनले बताए ।

उनले घटनापछि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति घाइते भएको बताए । घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरे । प्रहरीले कति पयलाई लाठी लानेर घाइते बताएको छ । र अस्पतालमा भर्ना भएका छन् । उनको बालबचाको विजोक भएको छ ।

सांसद महरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरे । सार्वजनिक यातायात क्षेत्रमा देखिएको लापरबाही, गैरजिम्मेवारी र अराजकता नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय