FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० असाेज, काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै डा.कोइरालाले अहिलेको समय आफूहरूको परीक्षाको घडि भएको बताउँदै जोशका साथ १५ औं महाधिवेशनमा होमिएको जानकारी दिए ।

‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो तर पुरानो भनेको फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोश भरिएको छ । हामी जोशका महाधिवेशनमा जाँदैछौं,’ उनले प्रष्ट पारे ।

महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे । अर्का नेता डा.प्रकाश शरण महतले यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर मंसिर २१, २२, २३ गते केन्द्रीय महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

महाधिवेशन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले आपतकालिन मोडमा तयारी तिब्र पारिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय