FLASH NEWS
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते । रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग । यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर । नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै, विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने । आजको मौसम पूर्वानुमान: यी तीन प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना । आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै ।

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष र साहसका आधारमा चुनौती पार गर्दै आएको बताए ।

अहिले पनि पार्टीसामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयास भइरहे पनि कांग्रेस विचलित नहुने स्पष्ट पारेका छन् । सत्य, निष्ठा र एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्दै नयाँ आत्मविश्वासका साथ अघि बढ्ने उनले बताए ।

थापाले अब पार्टीको साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुने बताएका छन्। पार्टी संगठन सुदृढीकरण, नागरिकको विश्वास आर्जन र देशको उज्ज्वल भविष्य निर्माणमा सम्पूर्ण ऊर्जा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँगको प्रत्यक्ष सम्पर्क ‘NCongress Alert’ मार्फत हुने जानकारी दिए ।

साथै, पार्टीका आधिकारिक सूचना, धारणा तथा गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू फलो गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय