FLASH NEWS
कर्णाली याक्सलाई ४ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश । नेपाली काँग्रेस (देउवा समूह) को प्रदेश अधिवेशन मंसिरमा । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त । नेपाल प्रिमियर लिग : कर्णालीद्वारा लुम्बिनीलाई १०६ रनकाे लक्ष्य । भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते । रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग । यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर । नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै, विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने । आजको मौसम पूर्वानुमान: यी तीन प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना । आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ ।

२६ कात्तिक, काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।

आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले छ खेल खेल्दा चारमा हार र दुईमा मात्र जित निकालेको छ । उसको चार अङ्क मात्र छ । यस्तै लुम्बिनी छ खेलमा चारमा जित र एकमा हारसहित ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय