FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार (आज) बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका छन् ।

बुटवलको राजमार्ग चौराहामा जम्मा भएर दिउँसो १ बजे शुरु हुने प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत हुने आयोजकले बताएका छन् । ‘प्रदर्शनमा भूमिहीन/अव्यवस्थित बसोबासीको उल्लेख्य वस्ती रहेका २२ बढी जिल्लाबाट हजारौंको सहभागिता हुन्छ,’ संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भने ।

प्रदर्शन पछि हुने सभामा भूमिहीन/अव्यवस्थित बसोबासी अगुवाले सम्बोधन गर्ने छन् ।

जेठ ४ गते बुटवलमै हुने सम्मेलनमा भूमिहीन/अव्यवस्थित बसोबासीको समस्याको न्यायोचित समाधान गर्न विज्ञहरु समेतको सहभागितामा छलफल गरी ठोस निचोड निकाल्ने, राष्ट्रियस्तरको संघर्ष समिति गठन गर्ने र सरकार तथा प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्मेलनले तय गर्ने संघर्ष समितिका सल्लाहकार विकले जानकारी दिए ।

संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा माओवादी, सहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय