FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभएसम्म देश र जनताले सुख र शान्ति पाउन नसक्ने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित ‘राष्ट्रवादी पार्टी’ निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।

संयोजक प्रसाईंले देशमा राजसंस्था फर्काउन र राजालाई पुनः गद्दीमा राख्नका लागि नै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणासँग मिलेर नयाँ राजनीतिक पार्टी खोल्ने ऐतिहासिक निर्णय लिएको स्पष्ट पारे। आफूहरूको मुख्य सङ्कल्प मुलुकमा सनातन हिन्दु अधिराज्य कायम गर्नु रहेको उनले बताए।

पार्टी निर्माण र सहकार्यका विषयमा मिडियामा आएका विभिन्न चर्चाप्रति सङ्केत गर्दै प्रसाईंले डा. राणा र आफूबिच स्वार्थको नभई लक्ष्य र उद्देश्यको सहकार्य भएको स्पष्ट पारे।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने, “यहाँ मिल्ने र बिग्रिने कुरै छैन। बिग्रिने केका लागि? मिल्ने केका लागि? पहिला उद्देश्य हुनुपर्‍यो नि! हामी दुई जनाको उद्देश्य एउटै छ— नेपालको भूगोल, र यो भूगोलको गर्भमा रहेको किराँत तथा बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। हाम्रो उद्देश्य यही नै हो। जुन दिन राजसंस्था फर्किन्छ र राजा गद्दीमा बस्छन् नि, त्यो दिन यी दाजु-भाइ (धवल र म) पहेंलो लुगा लगाएर खप्तड जाउँला नि! कस्ता-कस्ता योगी महात्माहरू खप्तड बसेका छन्, के बिग्रेको छ र यहाँ?”

संयोजक प्रसाईंले नेता राणा र आफूबिच स्पष्ट लक्ष्यसहितको सहकार्य सुरु भएकाले कसैले चाहेर पनि बिचमा फाटो आउने अवस्था नरहेको दाबी गरे। राणाको सङ्गठनात्मक अनुभव र आफ्नो देशव्यापी जनलहर (ब्राण्ड) मिलेर आगामी केही महिनाभित्रै देशमा एउटा शक्तिशाली दक्षिणपन्थी शक्तिको उदय हुने र त्यसले सडकदेखि सदनसम्म राजसंस्था स्थापनाको एजेन्डा स्थापित गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय