FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति कहिले हटाइने हो भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति हटाउन सभामुखबाट आउने निर्देशनको आफू प्रतीक्षारत रहेको स्पष्ट पारे । यसका साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई सदनलाई जवाफ दिनुहुने आफूलाई आशा रहेको पनि उनले उल्लेख गरे ।

उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए ।

यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए । सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय