FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।

गण्डकी प्रदेशसभा बैठकमा सोमबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले आगामी आवका लागि करिब ३३ अर्बको बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये पुँजीगततर्फ २० अर्ब दुई करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात ६०.६८ प्रतिशत र चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८.५६ प्रतिशत रकम छुट्याइएको मन्त्री शेरचनले बताए। त्यस्तै वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए।

त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने र राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको मन्त्री शेरचनले उल्लेख गरे।

त्यस्तै उनले ससर्त अनुदानबाट तीन अर्ब ९३ करोड तीन लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको जानकारी दिए।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको भन्दै चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि दुई अर्ब रुपैयाँ नगद मौज्दात रहने मन्त्री शेरचनले बताए। उल्लेखित स्रोतबाट खर्च व्यहोर्ने गरी न्यून रहेको एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। https://nepalnews.com/2026/06/15/gandaki-provinces-budget-is-32-99-billion-full-text/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय