FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बिच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।

छलफलमा विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो । परराष्ट्रमन्त्री खनालले नेपाल र चीनबिचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनियाँ पक्षको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन् । उनले दुई देशबिचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताएका छन् ।

जेठ १ गते चीन भ्रमणमा निस्केका मन्त्री खनाल हिजो चिनियाँ विदेश मन्त्री वाङ यीसँग दुई पक्षीय वार्ता गरेका थिए । मन्त्री खनाल भोलि नेपाल फर्किने छन् ।

चीनको राजधानी बेइजिङमा भएको उक्त भेटलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने दिशामा महत्त्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय