FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा (डोल्पा र हुम्ला), लुम्बिनी प्रदेश (रुकुम पूर्व), गण्डकी प्रदेशमा (मनाङ र मुस्ताङ), मधेस प्रदेशमा (धनुषा, सप्तरी बारा र सर्लाही) रहेको छ । अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरू (सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट) रहेको बुर्लाकोटीले जानकारी दिए ।

यसैगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको छ ।

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय