FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकपा (एमाले) ले पुनर्गठन, आगामी साङ्गठनिक कार्यदिशा र व्यवस्थापनका सन्दर्भमा देशव्यापी सुझाव सङ्कलन गर्न बनाइएको कार्यदलले कोसी प्रदेशमा छलफल सुरु गरेको छ।

एमाले केन्द्रीय कमिटीको आयोजना र एमाले कोसी प्रदेश कमिटीको संयोजनमा सुझाव सङ्कलन सुरु गरेको हो। एमाले संसदीय दलका नेता एवं उपाध्यक्ष रामबहादुर थापा ’बादल’ को नेतृत्वमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र महासचिव शङ्कर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्कीसहितको कार्यदल कोसी प्रदेशमा छ।

पछिल्लो समय एमालेभित्र र बाहिर उठेका विविध प्रश्नको निरूपण गर्दै भावी राजनीतिक तथा साङ्गठनिक अभियानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यदलले पार्टीका नेताहरूसँग सघन छलफल थालेको छ। विराटनगरस्थित कञ्चनजंगा पार्टी प्यालेसमा सुरु भएको कार्यक्रममा प्रदेशभर रहेका केन्द्रीय सदस्य, विगतको निर्वाचनका सङ्घीय उम्मेदवार, जिल्ला अध्यक्षहरू तथा समाजका प्रबुद्ध एवं एमालेभित्र प्रभाव पार्ने व्यक्तिको सहभागिता रहेको छ।

सहभागीबाट प्राप्त सुझावलाई कार्यदलले केन्द्रमा प्रतिवेदनका रूपमा बुझाउनेछ। आजको सुझाव सङ्कलन पश्चात् भोलि कोसी प्रदेशको विस्तारित भेला समेत आयोजना गरिएको छ, जसमा कार्यदलका पदाधिकारीको समेत उपस्थिति रहने पार्टी केन्द्रीय कमिटीका सदस्य ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय