FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउ गर्दै विरोध जारी राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले मन्त्रीलाई प्रश्न सोध्न माग गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रस्टीकरणमाथि प्रस्टीकरण सोध्न पाउने व्यवस्था नरहेको उल्लेख गर्दै बस्न आग्रह गरेका थिए।

सांसद साम्पाङले नमानेपछि सभामुख अर्यालले बस्त आदेश दिएका थिए। सभामुखको आदेश मान्दै त्यतिबेला बसे पनि पछि भने श्रम संस्कृति पार्टीका सबै सांसदले उभिएर विरोध जनाएका थिए।

सभामुखले बैठक जारी राखेपछि उनीहरूले वेल घेराउ गरेका हुन्। वेल घेराउ भइरहेकै बेला सभामुख बैठक जारी राखेका थिए।

तर, श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउसँगै नाराबाजी पनि गर्न थालेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय