FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।

मन्त्री बादीले महिला विरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई पीडितले क्षतिपूर्ति पाउने हक सुनिश्चित गर्नेगरी लैंगिक हिंसा विरुद्धको एकीकृत कानून तर्जुमा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । उनले महिला तथा बालबालिकामाथि हुने लैगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच कार्यक्रम १२ वटा स्थानीय तहमा आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने योजनाबारे पनि सांसदलाई जानकारी गराइन् ।

मन्त्री बादीले भनिन् ‘मानव बेचबिखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया सुरु गरिसकिएको छ । यसका साथै आगामी आर्थिक वर्षमा नेपालको संविधान बमोजिम महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक र यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण हुन नदिन तथा यस्तो कार्यलाई कानून बमोजिम दण्डनीय बनाई पीडितले क्षतिपूर्ति पाउने हक सुनिश्चित गर्ने गरी लैंगिक हिंसा विरुद्धको एकीकृत कानून तर्जुमा गरिनेछ ।

विश्व बैंकको अनुदान सहयोगमा महिला र बालबालिकामाथि हुने लैंगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि एकीकृत तथा बहुपक्षीय सेवा पहुँच बढाउने उद्देश्य बमोजिम लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकीकृत सेवा पहुँच कार्यक्रम १२ वटा स्थानीय तहमा सञ्चालन गरिनेछ ।’

मन्त्री बादीले महिला हिंसा रोक्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रममा जोड दिएको पनि स्मरण गराइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय