FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१८ कार्तिक, काठमाडौं । विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित उक्त स्थानमा बाढीका कारण बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी गाउँपालिका वडा नं. २ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्ड पहिराका कारण बाटो बन्द भए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा कर्णाली राजमार्गमा पहिरो खसेको थियो। उक्त सडक खण्डमा पनि हाल एकतर्फी मात्र बाटो खुलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय