FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन । जोर्डन अल्जेरियासँग २–१ ले पराजित भयो ।

जोर्डनका लागि खेलको ३६औँ मिनेटमा निजार अल–रशदानले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६९औँ मिनेटमा अल्जेरियाका नाधिर बेनबोउली र ८२औँ मिनेटमा अमाइन गौइरीले गोल गरे ।

समूह ‘जे’ मा अल्जेरिया ३ अङ्कसहित तेस्रो स्थानमा छ । साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । त्यस्तै समान ३ अङ्क रहेको अस्ट्रिया दोस्रो स्थानमा छ ।

पहिलो पटक विश्वकप खेलेको जोर्डन अङ्कविहीन छ । विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे पोर्चुगल र उज्बेकिस्तानले खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय