FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ हर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन्।

स्वीट्जरल्यान्डबाट फर्किने क्रममा उनले उक्त रणनीतिक जलमार्गको व्यवस्थापन अब पूर्व-युद्ध अवस्थातर्फ फर्किन नसक्ने दाबी गरेका हुन्। उनले इरान र अमेरिकाबीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको जानकारी पनि दिएका छन्। तर उक्त प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्ट पारे।

यसैबीच फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार युरोपेली अन्तरिक्ष एजेन्सीको स्याटेलाइट तथ्यांकले आइतबार दिउँसो ओमानको सोहार पोर्ट र संयुक्त अरब इमिरेट्सको फुजाइराह पोर्ट नजिकै करिब ४४१ ओटा ठूला कच्चा तेल ढुवानी जहाज (एलभीसीसी) प्रतीक्षारत अवस्थामा रहेको देखाएको छ।

इरान-अमेरिका वार्तापछि पुनः खुल्ने अपेक्षामा जहाजहरू जम्मा भएका थिए, जुन पाँच दिनअघिको तुलनामा ४२ ओटा कम भए पनि सामान्य अवस्थाभन्दा अझै धेरै रहेको बताइएको छ। वार्तापछि केही समय तनाव कम हुँदा केही शिपिङ कम्पनीहरूले सेवा पुनः शुरू गरेका थिए। तर इजरायलको लेबनानमाथिको आक्रमणपछि अवस्था फेरि तनावपूर्ण बनेको र त्यसपछि इरानले पुनः जलसन्धि बन्द गर्ने घोषणा गरेको उल्लेख छ। त्यसपछि सोमबार बिहान चार ओटा कतारी तरल प्राकृतिक ग्यास बोक्ने जहाजहरूले स्ट्रेट अफ होर्मुज पार गरेका छन्।

पछिल्ला महिनाहरूमा देखिएको यो सबैभन्दा ठूलो एकदिने जहाज आवागमन भएको बताइएको छ, जुन अमेरिका-इजरायल-इरान तनाव शुरू भएयताकै उच्च मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय