FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। विभागले पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको छ। पाँच पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।

उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलमा एमालेको कार्यक्रमका क्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएका थिए। पक्राउपछि उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो। त्यसपछि स्कार्पियो गाडीमार्फत बाँकेको कोहलपुर पुर्‍याइएको थियो।

कोहलपुरबाट भने गाडी परिवर्तन गरी नेपालगञ्ज–घोराही रुटमा चल्ने बा ५ ख ४०३१ नम्बरको हाइसमा राखेर रातारात काठमाडौँ ल्याइएको थियो । मंगलबार दिउँसो करिब १ बजे उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउअघि ललितपुरस्थित पौडेलको निवासमा समेत छापा मारेको थियो। विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

दीपक भट्टमाथि भइरहेको अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा पौडेलविरुद्ध थप अनुसन्धान आवश्यक देखिएकाले उनलाई पक्राउ गरिएको विभागले जानकारी दिएको छ । विशेष अदालतले विभागको मागमाथि सुनुवाइ गरी हिरासत अनुमति दिने वा नदिने विषयमा निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय