FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत आज हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा ८० वटा विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गरिने भएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सूची औपचारिक रूपमा प्रकाशन गरिएलगत्तै ती विद्युतीय उपकरणहरूमा उम्मेदवारको नाम र तस्बिर समावेश गरेर मतदान प्रक्रिया अघि बढाइने छ। निर्वाचनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन आयोगले सबै तयारी पूरा गरिसकेको छ।

निर्वाचन आयोगका प्रमुख केसीले आज मध्याह्नदेखि नै पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्यका साथ जनशक्ति परिचालन गरिएको जानकारी दिए। प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे बुझाउन र सहजता प्रदान गर्नका लागि मतदानस्थलमा थप ५ वटा उपकरणहरू नमुना मतदान (मकटिङ) का निम्ति छुट्टै प्रयोग गरिने व्यवस्था समेत मिलाइएको छ।

पार्टीको केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी आकाङ्क्षीहरूको उम्मेदवारी परेको र विभिन्न समावेशी समूह (क्लस्टर) बाट समेत उम्मेदवारहरू कायम भएकाले मतदान प्रक्रिया पूरा हुन केही अतिरिक्त समय लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, भोटिङ मेसिनको प्रयोग गरिने भएकाले मतदान कार्य पूर्ण रूपमा सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त केसीले स्पष्ट पारे।

महाधिवेशनको यस पहिलो चरणको निर्वाचनमार्फत प्रतिनिधिहरूले ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय