FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशन लम्बिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रपछि कार्यतालिका पटकपटक प्रभावित हुँदा महाधिवेशन लम्बिएको हो ।

आइतबार सुरु भएको महाधिवेशन मंगलबार सम्पन्न गर्ने तयारी थियो । तर प्रतिनिधि छनोटसहित प्राविधिक कारणले सोमबार बन्द सत्र नै भएन । बन्द सत्र ढिलो गरी मंगलबार दिउँसोमात्र सुरु भयो । जसकारण मंगलबार सक्नु पर्ने महाधिवेशन बुधबारसम्म लम्बिएको हो । तर बुधबार पनि महाधिवेशन सम्पन्न हुने सम्भावना छैन ।

कार्यतालिका अनुसार बुधबार निर्वाचन गर्ने कार्यक्रम छ । तर दिउँसोसम्म निर्वाचन कार्यक्रम सुरु भएको छैन । राप्रपा विधानअनुसार निर्वाचन दुई चरणमा हुनेछ । पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गरिनेछ ।

पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान भएपछि दोस्रो चरणमा पदाधिकारीका लागि मतदान गर्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले उम्मेदवारहरूको बन्दसूची ढिला दिँदा र विद्युतीय मतदान मेसिनमा डाटा इन्ट्री प्रक्रियाका लागि कम्तिमा पाँच घण्टा लाग्ने हुँदा बुधबार निर्वाचन प्रक्रिया पछाडि सरेको हो ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बुधबार बिहान ९ बजेदेखि हुने जानकारी दिएका थिए । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन ।

बुधबार दिउँसोसम्म पनि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ । त्यसपछि रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने छ ।

एक नेताका अनुसार अहिलेसम्म पदाधिकारीको नाम टुंगो लागेकै छैन । टुंगो लागेपछि पनि दाबी विरोधको सूचना जारी गर्दा अन्तिम नामावली आउन समय लाग्ने पनि उनले बताए । त्यसपछि मेसिनमा नाम राख्न पाँच घण्टा लाग्ने र त्यसपछि मात्रै मतदान सुरु हुने उनको भनाइ छ ।

उम्मेदवारहरूको सूची छिटो टुंगिए पनि प्राविधिक तयारी र प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले बुधबार दिउँसो मतदान सुरु हुने सम्भावना कम देखिएको हो । त्यसैले साँझ वा मध्यराति मात्रै मतदान प्रक्रिया सुरु हुन सक्ने अनुमान गरिएको छ ।

मध्यराति पहिलो चरणको मतदान सुरु भएपनि दोस्रो चरणमा पदाधिकारीका लागि मतदान बिहीबार मात्रै हुनेछ । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ जनाको निर्वाचन हुनेछ ।

पदाधिकारीमा थोरै उम्मेदवार रहने हुँदा बिहीबार दिउँसोसम्म निर्वाचनका सम्पूर्ण परिणाम आइसक्ने अनुमान गरिएको छ । बन्द सत्रबाट प्रभावित हुँदै आएको महाधिवेशन झण्डै दुई दिन लम्बिँदा आर्थिक भार पनि बढेको छ ।

‘कार्यतालिकाअनुसार काम नहुँदा महाधिवेशन लम्बिनुका व्यवस्थापन खर्च पनि बढेको छ’, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमले भने ।

उनकाअनुसार महाधिवेशन लम्बिँदा खाना खर्चमा दैनिक ५० लाख रुपैयाँ थपिएको छ ।

महाधिवेशनमा दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ । पार्टीले उद्घाटनदेखि बन्द सत्रसम्मका लागि तीन दिन प्रतिनिधिहरूका लागि खाजा र खानाको व्यवस्था गरेको थियो । तर महाधिवेशन लम्बिएपछि थप दिनका लागि खाजा र खानाको व्यवस्थापन गर्नु परेको छ । जसका कारण दैनिक ५० लाख रुपैयाँ थप खर्च हुने भएको हो ।

रास्वपाले सोमबार र मंगलबार दैनिक ६ हजार जनाका लागि बिहानको खाजा र दुई छाक खानाको व्यवस्था गरेको थियो । पार्टी प्रतिनिधि, अन्य अतिथि र सुरक्षाकर्मीसहित दैनिक करिब ६ हजार जनाले खाना तथा खाजा खाएको गौतमले बताए ।

करिब ४ हजार महाधिवेशन प्रतिनिधिका लगि रास्वपाले खाजा, खानासहितको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय