FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति मतदान हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि आज राति ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको हो ।

आयोगले आज अपराह्न ४ बजे ‘राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३’ को दफा ९ बमोजिम चौथो पटक संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको समय तय गरेको हो । संशोधित तालिका अनुसार आजै दिउँसो ३ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने बेलुका ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको छ ।
आयोगका अनुसार बेलुका ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बेलुका ६ः४५ बजेदेखि ‘मौन अवधि’ सुरु हुने छ । यस मौन अवधिको करिब पौने दुई घण्टापछि मतदान प्रक्रिया अघि बढाइने कार्यतालिकामा उल्लेख छ ।
पार्टीका केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्न चाहनेहरूले हिजो असार ९ गते नै फारम वितरण तथा दर्ताको प्रक्रिया पूरा गरिसकेका थिए । आज राति हुने मतदान सम्पन्न भएको दुई घण्टापछि नै मतगणना सुरु गरिने र परिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय