FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानले मुलुकको सिमानासँग सम्बन्धित विषयमा निरन्तर पैरवी गरी देश र जनताका पक्षमा उल्लेखनीय योगदान पुर्‍याएबापत सीमाविद् श्रेष्ठलाई रु एक लाख एक हजार १११ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरे गरेको हो।

प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ।

करिब तीन दशकदेखि सो प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने एक व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ।

नेपालको कूटनीतिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत डा.भेषबहादुर थापालाई गत वर्ष सो पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय