राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने रास्वपाले जनाएको छ ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६ः ३० बजे महाधिवेशन स्थलको हलमै हुनेछ ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशन तीन दिनमा सकिने भनिए पनि लम्बिएर ६ दिन लागेको छ ।








