FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीले बाँचेकाको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् ।

काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवन ध्वस्त पारेका छन् ।”

राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनमा क्षति पुर्याएको थियो । आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गर्नुभएको छ ।

चार वटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवन लगभग पूरै ध्वस्त भएका छन् । “दुखद कुरा, भवन पूर्णरूपमा भत्किएका छन् र बाँचेका भेट्टाउने सम्भावना निकै कम छ । अब हाम्रो प्रयास मृतकको शव निकाल्नेमा केन्द्रित हुने छ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीब्रता दिइरहेको बताउँदै भन्नुभयो ।

अन्यत्र भने परिवारका सदस्य, छिमेकी र स्वयंसेवकले आफ्नो खाली हातले बाँचेकालाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन् । “म मेरो सानो गाएललाई खोजिरहेको छु । ऊ मात्र पाँच महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुः ख व्यक्त गर्दै भन्नुभयो । भूकम्पमा परेकी उहाँकी अर्की १६ वर्षीया छोरीे मृत अवस्थामा भेटिएकी थिइन् । सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन् ।

उहाँले भन्नुभयो, “हामीलाई यहाँ सहयोग चाहिएको छ । स्तम्भ उठाउन मेसिन चाहिएका छन् । तर हामीले यहाँ कुनै एक जना पनि सरकारी अधिकारी देखेका छैनौँ ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको काराकासको छिमेकमा पुग्दा कार्यबाहक राष्ट्रपति रोड्रिगेजविरूद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्त फसेका परिवारका सदस्यको भीडले आक्रोस पोख्यो । “सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय