FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो । तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ ।’

उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्रीले फेसबुकमार्फत दिएका अभिव्यक्तिको प्रसंग उठाउँदै त्यसलाई अहिले पनि गम्भीर रूपमा लिनुपर्ने बताए । कोटेश्वरमा श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले चेक गर्दा बालेनले सिंहदरबार जलाइदिने धम्की दिएको स्मरण गर्दै राईले त्यसपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालतलगायत राज्यका प्रमुख संरचनामा आगजनी भएको बताए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको भए सदनमा आएर फिर्ता लिनुपर्ने उनले माग गरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय