FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेटमा बाइक तेर्स्याएर सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

बुधबार बिहान अनेरास्ववियुका नेता तथा कार्यकर्ता बाइकसहित सिंहदरबारको दक्षिण गेट पुगेका थिए । उनीहरूले केहीबेर बाइक तेर्स्याएर प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

अनेरास्ववियु अध्यक्ष दीपक धामीले सोमबार राज्य पक्षबाट सञ्चारगृह र प्रतिपक्षी दलका सभापतिको निवास अगाडि गाडी तेर्स्याइएको घटनाको विरोधस्वरूप सांकेतिक प्रदर्शन गरिएको बताए ।

प्रदर्शनका क्रममा उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’, ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय