FLASH NEWS
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो ।

३२ असार, काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयूसी) ले अस्थायी कर्मचारीहरूको आन्दोलन, मिटरब्याज पीडितहरूको न्यायको माग, सुकुम्बासी समस्या तथा अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० सम्बन्धी महासन्धीहरूको अनुमोदन र कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न माग अघि सारेको छ ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा महासंघले सिंहदरबारमा आन्दोलनरत करार, ज्यालादारी तथा अस्थायी प्रकृतिका कर्मचारीहरूले उठाएका रोजगारीको सुरक्षा, सेवा–सुविधा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने माग श्रमिकको सम्मान र सामाजिक न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेको छ ।

लामो समयदेखि सरकारी निकायमा सेवा दिँदै आएका कर्मचारीहरूको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको भविष्य सुरक्षित हुनेगरी स्पष्ट, पारदर्शी र न्यायसंगत नीति अवलम्बन गर्न तथा करारका कर्मचारी नहटाई करार अवधि नवीकरण गर्न महासंघले सरकारसँग माग गरेको छ ।

महासंघले मिटरब्याज पीडितहरूको समस्या मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै पीडितलाई शीघ्र न्याय दिलाउन, दोषीलाई कानुनी दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरी, पर्याप्त तयारी र वैकल्पिक व्यवस्थापनबिना विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने कार्यप्रति पनि महासंघले गम्भीर असन्तुष्टि जनाएको छ । यस्ता कदमबाट दैनिक ज्यालादारी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य कमजोर वर्ग प्रत्यक्ष रूपमा प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, तथ्याङ्क संकलन, कानुनी प्रमाणीकरण तथा उचित पुनर्वास वा वैकल्पिक आवासको व्यवस्था नगरी बलपूर्वक बस्ती हटाउनु मानवीय संवेदनशीलता र सामाजिक न्यायको दृष्टिले उपयुक्त नहुने महासंघको ठहर छ । यस समस्याको दीर्घकालीन, वैज्ञानिक र न्यायोचित समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।

यसैबीच, महासंघले २०८३ असार ३१ गते प्रतिनिधिसभाबाट बाध्यकारी श्रमसम्बन्धी आईएलओ महासन्धि नम्बर २९ ९सन् २०१४ को प्रोटोकल० अनुमोदन भएकोमा नेपाल सरकार र संघीय संसदलाई धन्यवाद दिएको छ । साथै उक्त प्रोटोकल कार्यान्वयनका लागि आवश्यक कानुन शीघ्र निर्माण गर्न आग्रह गरेको छ ।

महासंघले श्रम निरीक्षणसम्बन्धी महासन्धि नम्बर ८१ ९सन् १९४७० लाई यथाशीघ्र अनुमोदन गर्न तथा संगठन स्वतन्त्रता र संगठन गर्ने अधिकारसम्बन्धी महासन्धि नम्बर ८७ सहित महासन्धि नम्बर १९०, १९३, १८९, १७७, १०२, १५५ र १८७ लाई पनि शीघ्र अनुमोदन प्रक्रियामा अघि बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रेस विज्ञप्तिमा महासचिव अजय कुमार राईले श्रमिक अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय श्रम मापदण्ड कार्यान्वयनप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय