FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘काठमाडौँ क्लाइमेट विक’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरहेको भन्दै कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, वित्तीय स्थायित्व र परराष्ट्र नीतिसमेत प्रभावित भइरहेको बताए ।

उनले हालै संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्रमा नेपालको सहभागिताको मुख्य विषय जलवायु न्याय रहेको उल्लेख गर्दै हिमालय संरक्षणलाई विश्वव्यापी वातावरणीय सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने बताए ।

महासभाका क्रममा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म’ संवादले हिमाल, टापु तथा तटीय राष्ट्रहरूबीच जलवायु परिवर्तनका साझा प्रभावबारे सहकार्यको आवश्यकता औँल्याएको उनले बताए ।

हिमनदी र महासागर एउटै जलवायु प्रणालीका अभिन्न अंग भएकाले जलवायु जोखिमलाई राजनीतिक सीमाभन्दा बाहिर रहेर हेर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री खनालले गत अगस्ट २६ मा भएको विपद्ले नेपालमा जलवायुजन्य जोखिमको गम्भीरता थप स्पष्ट पारेको बताए । उच्च हिमाली क्षेत्रमा हिमनदी तथा चट्टान खस्दा आएको बाढी र लेदोसहितको बहावले जनधन, सडक, पुल, जलविद्युत् पूर्वाधार तथा स्थानीय जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको उनले उल्लेख गरे ।

जलवायुजन्य विपद्का कारण विकासका लागि छुट्याइएको स्रोत पटक–पटक पुनर्निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले जलवायु परिवर्तनलाई विकासका लागि संरचनात्मक चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।

उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोगिरहेको बताए ।

जलवायु न्यायका लागि नेपालले नयाँ, अनुमानयोग्य, सहज पहुँचयुक्त र अनुदानमा आधारित जलवायु वित्त, अनुकूलन सहयोग तथा प्रविधि हस्तान्तरणको माग गरिरहेको उनले जानकारी दिए ।

मन्त्री खनालले जलवायु कूटनीतिसँगै मुलुकभित्रको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, हिमनदी पग्लिने तथा हिमतालको अवस्था निगरानी गर्ने वैज्ञानिक तथ्यांकलाई प्रभावमा आधारित पूर्वचेतावनी प्रणालीसँग जोड्नुपर्ने उनले बताए । यस्तो प्रणालीमार्फत जोखिममा रहेका किसान तथा दुर्गम बस्तीमा समयमै सूचना पुर्याउन सकिने उनको भनाइ थियो ।

जलवायु वित्तलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र जलवायुजन्य जोखिम तथा नदी प्रणाली सीमापार प्रकृतिका भएकाले छिमेकी मुलुकसँग वैज्ञानिक सहकार्य बढाउनुपर्ने उनले बताए । साझा नदी बेसिनका लागि वास्तविक समयको जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालयले हालै छुट्टै जलवायु कूटनीति शाखा स्थापना गरेको जानकारी दिँदै मन्त्री खनालले यसले नेपालको घरेलु जलवायु अवस्थालाई अन्तर्राष्ट्रिय वार्तासँग जोड्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय