FLASH NEWS
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम । स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार । जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती । पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक । २४ घण्टामा ट्राफिकले गर्यो ६७५ जनालाई कारबाही । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आज मौसम मुख्यतया सफा रहने । विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने ।

१३ मङ्सिर, काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो । सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याई उपचार भइरहेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याई मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय