FLASH NEWS
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा । पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति । मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ । कांग्रेस सभापति गगन थापाले लिए शपथ । पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोको टोलीले नियन्त्रणमा, भोटाहिटी लगियो । आजको मौसम पूर्वानुमान : यी ३ प्रदेशमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना । राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना । उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना ।

३१ असोज, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

यस्तै, आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय