FLASH NEWS
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा । पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति । मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ । कांग्रेस सभापति गगन थापाले लिए शपथ । पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोको टोलीले नियन्त्रणमा, भोटाहिटी लगियो । आजको मौसम पूर्वानुमान : यी ३ प्रदेशमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना । राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना । उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना ।

३१ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु-याएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन् ।

दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताएका छ ।

साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय