FLASH NEWS
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा । पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति । मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ । कांग्रेस सभापति गगन थापाले लिए शपथ । पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोको टोलीले नियन्त्रणमा, भोटाहिटी लगियो । आजको मौसम पूर्वानुमान : यी ३ प्रदेशमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना । राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना । उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना ।

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।

आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए ।

‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ । मंैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ उनले भने ।

कठिन समयमा आफूले कस्तो निर्णय लिन्छु र अप्ठ्यारो परिस्थितिमा सत्य तथा न्यायको पक्षमा उभिन सक्छु कि सक्दिनँ भन्ने कुराले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उनको भनाइ थियो ।

सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए । उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे ।

‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ । यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उनले भने ।

थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय