FLASH NEWS
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा । पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति । मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ । कांग्रेस सभापति गगन थापाले लिए शपथ । पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोको टोलीले नियन्त्रणमा, भोटाहिटी लगियो । आजको मौसम पूर्वानुमान : यी ३ प्रदेशमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना । राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना । उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना ।

३१ असोज, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएर व्यूरोको कार्यालय भोटाहिटी लगेको छ ।

नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका अनुसार श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको छ ।

तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको हो । ‘छलफलका लागि बोलाएका हौं । अरु विषयमा बोल्ने फुर्सद छैन,’ अवस्थीले भने ।

तर पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा सोधपुछ गर्ने क्रममा प्रहरी आफ्नो घरमा आएको बताए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । श्रेष्ठले पनि पन्तविरुद्ध साइबरमै उजुरी दिएका छन् ।

श्रेष्ठलाई नियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आपत्ति जनाएका छिन । ‘समाचार चित्त बुझेन भने साइबर ब्युरोमा उजुरी हाल्न लगाउने, २४ घन्टा नपुग्दै विदाको दिन पत्रकार प्रकाउ १ अधिनायकवादी,’ उनले सामाजिक संजालमा लेखेकी छिन् ।

महासंघका महासचिव दाहालले श्रेष्ठलाई नियन्त्रण लिएकोप्रति आपत्ति जनाए ।

‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ । समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय