FLASH NEWS
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते । आजको मौसम: हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना । कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने ।

२ कात्तिक, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने छ ।

कात्तिक २ गते नवरात्रको नवौ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्‍याउनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय