२ कात्तिक, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने, पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।






