FLASH NEWS
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते । आजको मौसम: हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना । कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने ।

२ कात्तिक, काठमाडौं । हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए।

घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ। भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ।

घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्। (एएनआई)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय