FLASH NEWS
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते । आजको मौसम: हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना । कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने ।

२ कात्तिक, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो ।

ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंह र हमाद मिर्जाले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ८९ र ८७ रनको योगदान दिए । हसनैन साह ४० रनमा अविजित रहे । साथै हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए । साथै कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए ।

नेपालको जितमा रोहितकुमार पौडेलसहित तीन ब्याटरले अर्धशतकीय पारी खेले । रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ६९ र देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ बनाए ।

ओमानका लागि साह फैसलले पाँच विकेट लिए ।

यस जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले जारी संस्करणको लिग–२ मा ३६ खेलमध्ये १४ मा जित, २० मा र दुई खेलमा अङ्क बाँड्यो । नेपालले ३६ खेलबाट ३० अङ्क जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय