FLASH NEWS
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते । आजको मौसम: हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना । कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने ।

२ कात्तिक, जनकपुर । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ ।

हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो ।

बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो ।

बलि प्रदान अघि निस्सा पूजा गरिएको थियो भने नेपाली सेनाले सलामी समेत दिएको थियो । यस वर्ष बोका बलिका लागि टिकट शुल्क ३०० रुपैयाँ प्रति टिकट रहेको थियो ।

गत वर्ष १४ हजार ९०३ वटा बोकाको बलि प्रदान भएको थियो । त्यस अघि २०८१ सालमा १५ हजार ४ वटा बोकाको बलि प्रदान भएको थियो ।

मन्दिर व्यवस्थापक महावीर युवा कमिटिले प्रत्येक वर्ष दशैंको व्यवस्थापन गर्दै आएको छ । कमिटिका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रद्धालु भक्तजनको भीड उल्लेखनीय रहेको थियो ।

प्रसाद चढाउन र बोका बलिका निम्त धनुषाबाहेक सिरहा, सप्तरी, महोत्तरी, भारतीय सीमा क्षेत्र विहारका विभिन्न जिल्लाबाट समेत भाकल पूरा भएकाहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय