FLASH NEWS
पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने । भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभी फेला । आप्रवासी श्रमिकहरुका लागि मानक रोजगार सम्झौता अनिवार्य हुनुपर्ने । प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता । नेपाल प्रिमियर लिग : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य । एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा । बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित । एनआरएनएका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न महासचिवको सातदिने अल्टिमेटम । २४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा ।

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

साथै, उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे ।

प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए ।

त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय