FLASH NEWS
पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने । भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभी फेला । आप्रवासी श्रमिकहरुका लागि मानक रोजगार सम्झौता अनिवार्य हुनुपर्ने । प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता । नेपाल प्रिमियर लिग : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य । एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा । बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित । एनआरएनएका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न महासचिवको सातदिने अल्टिमेटम । २४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा ।

२ मङ्सिर, काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीलाइ सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

सम्मान ग्रहण गर्दै चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले करदाताका रूपमा आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले एनबैंक सञ्चालनमा ल्याएको छ । पारदर्शी व्यावसायिक अभ्यास र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा पनि आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पु-याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय